Logo

पारस खड्कालाई कोरोना संक्रमण, गौतम बुद्ध कप गुमाउने



Spread the love

२६ मंसिर, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कालाई कोरोना संक्रमण भएको छ । दुई दिनयता कोरोनाका लक्षण देखिएपछि पारसले आज (शुक्रबार( बिहान कोरोना परीक्षण गराएका थिए । उनले बिहान परीक्षणका लागि स्वाब दिएको र रिपोर्ट पोजेटिभ आएको सामाजिक सञ्जाल फेसबुक मार्फत् जानकारी गराएका छन् ।

उनले कोरोना पुष्टि भएपछि आफू चिकित्सकीय नियमहरु पालना गरेर होम आइसोलेसनमै बसेको बताएका छन् । आफू कोरोना संक्रमण भएपछि चितवनमा भोलि सुरु हुने गौतम बुद्ध कप क्रिकेटमा सहभागी हुन नपाउने भएको भन्दै दुःख व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्