Logo

कोरोनाविरुद्धको खोप ल्याउनेबारे सीसीएमसीमा छलफल



Spread the love

२६ मंसिर, काठमाडौं। उपप्रधानमन्त्री ईश्वर पोखरेल संयोजक रहेको कोरोना संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा कोभिड– १९ विरुद्धको खोपका बारेमा छलफल भएको छ ।

मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार भएको छलफलमा कोभिड– १९ विरुद्धको खोप नेपालमा कसरी ल्याउने भन्नेबारे छलफल भएको हो ।

छलफलमा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्य मन्त्री भानुभक्त ढकाललगायत सहभागी भएका थिए ।

त्यसक्रममा पोखरेलले समयमै जनतालाई निःशुल्क खोप उपलब्ध गराउने गरी तयारी थाल्न निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्