Logo

समूह विजेता बन्दै टोटेनहम नकआउट चरणमा, आर्सनलको शतप्रतिशत जित



Spread the love

एजेन्सी। समूह विजेता बन्दै टोटेनहम युरोपा लिगको नकआउट चरणमा प्रवेश गरेको छ । घरेलु मैदानमा बिहीबार राति भएको खेलमा रोयल एन्टवेर्पमाथि २–० को जित निकाल्दै टोटेनहम समूह ‘जे’ को विजेता बनेको हो ।

५७औं मिनेटमा कार्लाेस भिनिसियसले गोल गर्दै टोटेनहमलाई अग्रता दिलाए । ७१औं मिनेटमा लो सेल्सोले केनको पासमा गोल गर्दै टोटेनहमको जित पक्का गरे ।

रोयल एन्टवेर्प समूह उपविजेताको रुपमा अघि बढ्न सफल भयो ।

अर्को, इंग्लिस क्लब आर्सनलले युरोपा लिगको समूह चरणको खेलमा शतप्रतिशत जित निकालेको छ । गएराति आयरल्यान्डको डुन्डाल्कलाई ४–२ ले पराजित गर्दै आर्सनलले समूह चरणमा शतप्रतिशत जित निकालेका हो ।

यो नतिजासँगै आर्सनल शतप्रतिशत जित निकाल्दै १८ अंक जोडेर शीर्षस्थानमा रह्यो । मोल्दे १० अंकसहित दोस्रो स्थानमा रहँदै नकआउट चरणमा पुग्न सफल भयो।

प्रतिक्रिया दिनुहोस्