Logo

आज १ हजार २ सय १७ जनामा कोरोना संक्रमण देखिएसँगै कुन जिल्लामा कति संक्रमित थपिए ?



Spread the love

२५ मंसिर, काठमाडौँ । देशभरका प्रयोगशालामा ७ हजार २ सय ३२जनाको पीसीआर परीक्षण गर्दा शनिबार थप १ हजार २ सय १७ जनामा कोरोना संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

२४ घण्टा यता १ हजार २ सय १७ जना कोरोना संक्रमण देखिएका मध्य इलाममा १, उदयपुरमा ३, खोटाङमा १, झापामा ४८, ताप्लेजुङमा ५, धनकुटामा २, पाँचथरमा १, मोरङमा ६७, संखुवासभामा २, सुनसरीमा ६६, धनुषामा ७, पर्सामा २, बारामा ४, महोत्तरीमा ५, रौतहटमा २, सप्तरीमा १२, सर्लाहीमा ३, सिरहामा ८, काठमाडौँमा ३२८, काभ्रेमा १०, चितवनमा २२, दोलखामा २, धादिङमा ७, नुवाकोटमा ५, भक्तपुरमा २५, मकवानपुरमा ६, रसुवामा ४, ललितपुरमा ५१ र सिन्धुपाल्चोकमा २, सिन्धुलीमा २, कास्कीमा ६७, गोरखामा ८, तनहुँमा ८, नवलपरासीपूर्वमा १, लमजुङमा १९, बागलुङमा ११, स्याङ्जामा ४, अर्घाखाँचीमा ४, कपिलवस्तुमा ६, गुल्मीमा १३, दाङमा २६, नवलपरासीमा ९, पाल्पामा २५, प्यूठानमा ९, बर्दियामा १०, बाँकेमा २५, रुपन्देहीमा ५६, डोल्पामा १, सल्यानमा १, सुर्खेतमा ३, अछाममा ४८, कञ्चनपुरमा १९, कैलालीमा ९४, डडेल्धुरामा ८, डोटीमा ७, बझाङमा १४ र बैतडीमा १८ जना कोरोना संक्रमित थपिएका छन्।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४५ हजार ६५० पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १०६४ रहेको छ । हालेसम्म निको हुनेको संख्या २ लाख ३१ हजार ६०१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्