२५ मंसिर, काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबार सरकारविरुद्ध देशभर बृहत प्रदर्शन गर्ने भएको छ ।
बुढानिकलण्ठमा बिहीबार बसेको पदाधिकारी बैठकले पार्टी बरिष्ठ नेता रामचन्द्र पौडेललाई दुर्व्यवहार गरेको विरोधमा २९ गते सबै जिल्लामा सरकारविरुद्ध सशक्त प्रदर्शन गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
सरकारले भ्रष्टाचारलाई संरक्षण दिएको र कोरोना उपचार तथा नियन्त्रणमा प्रभावकारी काम गर्न नसकेको कांग्रेसको निस्कर्ष छ ।
प्रतिक्रिया दिनुहोस्