Logo

रहेनन् विश्व च्याम्पियन पाउलो रोस्सी



Spread the love

एजेन्सी। इटालियन लिजेन्ड फुटबलर पाउलो रोस्सीको निधन भएको छ । ६४ वर्षको उमेरमा बिहीबार बिहानै रोस्सीको निधन भएको इटालियन टिभी च्यानल राई स्पोर्टसले जनाएको छ।

१९८२ मा इटलीले विश्वकप जित्दा उनी टोलीका महत्त्वपूर्ण सदस्य थिए। उनले विश्वकपमा सर्वाधिक ६ गोल गर्दै गोल्डेन बुट पनि हात पारेका थिए ।

यद्यपी रोस्सीको निधनको कारण भने अझै खुलेको छैन ।

१९८२ को विश्वकपमा इटलीले ब्राजिललाई ३–२ ले हराएको खेलमा उनले निर्णायक ह्याट्रिक गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्