२५ मंसिर, काठमाडौँ। पछिल्लो समय नेपाली बजारमा सुनको मूल्य घट्बढ भइरहेको छ। बिहीबार तोलामा ९ सयले सुनको भाउ घटेर ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार प्रतितोला ९३ हजार ४ सय रुपैयाँ मूल्य कायम भएको थियो।
त्यस्तै, बुधबार प्रतितोला १ हजार २ सय १५ रुपैयाँ कायम भएको चाँदीको भाउ बिहीबार १ हजार २ सय रुपैयाँमा झरेको छ ।
प्रतिक्रिया दिनुहोस्