एजेन्सी । अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनमाथि कर छलीको आरोप लागेको छ । उनले कर छली गरेको विषयमा डेलावेयर राज्यले छानविन गरिरहेको हो ।
हन्टर बाइडेनले वक्तव्य जारी गरेर डेलवर राज्यमा संघीय अधिकारीहरुले आफ्नो कर गतिविधिबारे छानविन गरिरहेको औपचारिक जानकारी दिएका हुन् ।
उनले आफु निर्दोष रहेको भन्दै आफूले यो विषयलाई निकै गम्भीरताका साथ लिइरहेको बताए ।
प्रतिक्रिया दिनुहोस्