Logo

सानदार जित निकाल्दै सिटी नकआउट चरणमा



Spread the love

एजेन्सी। इंग्लिस क्लब म्यानचेस्टर सिटीले युइएफए च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको अन्तिम खेलमा मार्सेमाथि ३–० को सहज जित निकालेको छ ।

दोस्रो हाफको शुरुमै घरेलु टोली सिटीले अग्रता लियो । बर्नाडो सिल्भाबाट रियाद महारेजले मिलाइदिएको पासमा फेरान टोरेसले सहजै फिनिस गरेका थिए । ६७औं मिनेटमा रियाद महारेजको स्थानमा मैदान छिरेका सर्जियो अगुएरोले ७७औं मिनेटमा गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । ९०औं मिनेटमा रहिम स्टर्लिङले गोल गर्दे सिटीको जित पक्का गरे ।

यो समूहबाट सिटी र पोर्टाे च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ । सिटीले १६ अंक जोड्यो ।

प्रतिक्रिया दिनुहोस्