Logo

समूह विजेता बन्दै रियल म्याड्रिड च्याम्पियन्स लिगको अन्तिम १६ मा



Spread the love

एजेन्सी। रियल म्याड्रिड समूह विजेता बन्दै यूईएफए च्याम्पियन्स लिगको नकआउट चरणमा पुगेको छ । गएराति घरेलु मैदानमा मोन्चेनग्लाडबाकलाई २-० ले हराउँदै रियल अन्तिम १६ मा प्रवेश गरेको हो ।

इन्टर मिलान र शाख्तर डोनेस्कले गोलरहित बराबरी खेलेपछि रियल समूह विजेता बन्यो ।

खेलको नवौं मिनेटमा नै रियलले बेन्जेमाको गोलमा अग्रता बनायो । ३२ औं मिनेटमा बेन्जेमाले दोस्रो गोल गरे । उनले रोड्रीगोको क्रसमा हेडरमार्फत नै गोल गर्दै रियललाई २-० को अग्रता दिलाए ।

रियलले ६ खेलमा १० अंक जोड्दा ग्लाडबाक र शाख्तरको समान ८-८ अंक रहयो ।

प्रतिक्रिया दिनुहोस्