Logo

आफ्नै सारीको पासो लगाएर आत्महत्या गरिन् अभिनेत्री चित्राले



Spread the love

२४ मंसिर, एजेन्सी । भारतीय टिभि कलाकार भिजे चित्राले आत्महत्या गरेकी छन् । चेन्नइको नाजरेथपेट्टाइस्थित एक होटलमा उनले आत्महत्या गरेको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।

बुधबार सबेरै चित्रा उनको फिल्मको सुटिङ सकाएर होटलको रूममा फर्किएकी थिइन् । केही महिनाअघि सम्बन्ध जोडेकी चित्रा व्यापारी हेमन्थसँग बस्दै आएकी थिइन् ।

हेमन्थका अनुसार चित्रा नुहाउने भन्दै बाथरूममा पसेकी थिइन् । तर, धेरै बेरसम्म पनि उनी बाहिर ननिस्किएपछि होटलका कर्मचारीले बाथरूमको ढोका खोलेर हेर्दा चित्रा आफ्नै सारीको पासोमा झुण्डिरहेकी थिइन् ।

नाजरेथपेट्टाइका प्रहरीले यो केस फाइल गरेर अनुसन्धान सुरू गरेका छन् । चित्राको सबैभन्दा लोकप्रिय कार्यक्रम पान्डियन स्टार्स हो ।

प्रतिक्रिया दिनुहोस्