Logo

१० वर्षदेखि एउटा गाउँमा एक्लै बसिरहेका यी हिम्मतवाला व्यक्ति



Spread the love

एजेन्सी । ‘मानिस सामाजिक प्राणी हो । मानिस समाजमा बस्न रूचाउँछ’ भन्ने हामीसँग धेरै परिचित उक्ति हो । तर, चीनको एउटा गाउँ छ । जहाँ एक जना व्यक्ति १० वर्षदेखि एक्लै बसिरहेका छन् ।

चीनको गांसु राज्यमा शुयनशांसे नामको एक गाउँमा एक व्यक्ति पछिल्लो १० वर्षदेखि एक्लै जिन्दगी गुजारिरहेका छन् । लियु शेगजिया नामको यी व्यक्ति पूरै गाउँमा एक्लै बस्छन् । पहिला यस गाउँमा २० भन्दा धेरै परिवार रहन्थे । तर रोजगार र गुणस्तरीय जीवनको खोजीमा विस्तारै–विस्तारै गाउँबाट सबैजना पलायन भएका हुन् ।

आमा र भाईसँग बस्ने लियुका केही समयअघि उनीहरूको मृत्यु भएपछि लियु एक्लै छन् । मानिसहरूले लियुलाई एक्लै नबस्न सल्लाह दिन्छन् । तर, उनी भने उक्त गाउँ छोड्न मान्दैनन् र एक्लै बसिरहेका छन् ।

गाउँमा उनी एक्लै भएपछि त्यहाँ लियुलाई खाना र पानीको समस्या छ । उनी दैनिक धेरै टाढासम्म हिँडेर भोजन पानीको व्यवस्था गर्छन् । जीवनयापनका लागि लियुसँग केही भेडाहरू छन् । उनले डर र त्रासका बाबजुद पनि गाउँ छोड्न नसकेको चिनियाँ मिडियाहरूले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्