Logo

आज १ हजार ५६ जनामा कोरोना संक्रमण देखिएसँगै कुन जिल्लामा कति संक्रमित थपिए ?



Spread the love

२४ मंसिर, काठमाडौँ । देशभरका प्रयोगशालामा ६ हजार २ सय ८६ जनाको पीसीआर परीक्षण गर्दा शनिबार थप १ हजार ५६ जनामा कोरोना संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

२४ घण्टा यता १ हजार ५६ जना कोरोना संक्रमण देखिएका मध्य भक्तपुरमा ३९, ललितपुरमा ७५ र काठमाडौंमा ३९३, रुपन्देहीमा ३९, चितवनमा ३६, नुवाकोटमा २८, झापामा २६, मोरङमा २३, डडेल्धुरामा २२, बाँकेमा २०, इलाम र बर्दियामा १५/१५, सुनसरी र रसुवामा १३/१३, लमजुङमा १०, सोलुखुम्बु, मकवानपुर र नवलपरासी पूर्वमा ८/८, स्याङ्जा, दाङ र नवलपरासीमा ७/७, धनुषा, तनहुँ, कपिलवस्तु, कैलाली र बाजुरामा ६/६, धादिङ, बागलुङ, पाल्पा र बैतडीमा ५/५, उदयपुर, संखुवासभा, पर्सा, बारा, सप्तरी र प्युठानमा ४/४, काभ्रे, गोरखा, पर्वत, अर्घाखाँची, गुल्मी, जुम्ला, सुर्खेत र दार्चुलामा ३/३, महोत्तरी, रौतहट, सिराहा, सर्लाही र सिन्धुपाल्चोकमा २/२ र ताप्लेजुङ, भोजपुर, दोलखा, रामेछाप, म्याग्दी दैलेख, कञ्चनपुर र बझाङमा १/१ जना संक्रमित भेटिएका छन् ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ४४ हजार ४३३ पुगेको छ ।हालसम्म नेपालमा २ लाख ३० हजार ५३७ले कोरोनामुक्त भएका छन् ।हालसम्म नेपालमा १६५१ जनाले ज्यान गुमाएका छन् ।

यस्तै देशभर सक्रिय संक्रमितको संख्या १२ हजार २४५ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्