Logo

विवकेशील र साझा पार्टीबीच एकता हुँदै



Spread the love

२४ मंसिर, काठमाडौं। विवकेशील नेपाली दल र साझा पार्टीबीच आज एकता हुने भएको छ । दुबै दलले दिउसो भर्चुअल माध्यमवाट पत्रकार सम्मेलन गरेर पार्टी एकताको घोषणा गर्न लागेका हुन् ।

दुवै दलबाट केन्द्रीय समितिमा ६५ –६५ जनाको प्रतिनिधित्व हुने सहमति भएको छ । नयाँ गठन हुने पार्टीमा साझाका रविन्द्र मिश्र अध्यक्ष र विवेकशीलका मिलन पाण्डेले संयोजकको जिम्मेवारी पाउने भएका छन् ।

नयाँ पार्टीको नाम विवेकशील साझा र चुनाव चिन्ह तराजु राख्ने सहमति भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्