Logo

समूह चरणबाटै बाहिरियो म्यानचेष्टर युनाइटेड, अन्तिम १६ मा पीएसजी



Spread the love

एजेन्सी। म्यानचेष्टर युनाइटेड युरोपियन च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको छ । गएराति भएको खेलमा आरबी लाइपजिगसँग पराजित भएपछि युनाइटेड नकआउट चरणमा पुग्न असफल भएको हो ।

घरेलु मैदानमा जितपछि लाइपजिग भने समूह एचको विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ । यस्तै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजी समूह उपविजेताको रुपमा अन्तिम १६ मा पुगेको छ ।

पिएसजी र युनाइटेडको समान ९ अंक भएपनि पीएसजी हेड टु हेडमा भाग्यमानी बन्यो । युनाइटेडले पिएसजीको मैदानमा २-१ को जित हात पारेको थियो भने पीएसजीले युनाइटेडलाई ओल्ड ट्राफोर्डमा ३-१ ले पराजित गरेको थियो ।

यसअघि नै अन्तिम १६ मा प्रवेश गरिसकेको बोरुसिया डर्टमण्डले अन्तिम खेलमा जेनिथ सेन्ट पिटर्सवर्गलाई २-१ ले हरायो । डर्टमण्ड १३ अंक जोड्दै समूह विजेता बनेको हो ।

प्रतिक्रिया दिनुहोस्