Logo

रोनाल्डोको २ गोलको मदतमा बार्सिलोना घरेलुु मैदानमै स्तब्ध



Spread the love

एजेन्सी। युभेन्टसले च्याम्पियन्स लिग अन्तर्गत समूह जीको अन्तिम खेलमा बार्सिलोना ३-० को स्तब्ध पारेको छ ।

पाहुना टोलिले खेलको १३ औं मिनेटमा रोनाल्डोको पेनाल्टी गोलबाट अग्रता बनायो ।
२० औं मिनेटमा युभेन्टसले अमेरिकी मिडफिल्डर वेस्टन मकेनीको गोलमा अग्रता दोब्बर पार्यो ।

क्याम्प नोउमा दोस्रो हाफको सुरुवातमै क्लेमेन्ट लेङलेटले पेनाल्टी क्षेत्रभित्र ह्यान्ड गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए । उक्त पेनाल्टीलाई रोनाल्डोले ५२ औं मिनेटमा गोलमा परिणत गर्दै युभेन्टसलाई ३-० को जित दिलाए ।

यस जितसँगै युभेन्टस अंक तालिकाको शीर्षस्थानमा रहेर अन्तिम १६ मा प्रवेश गरेको छ ।

प्रतिक्रिया दिनुहोस्