Logo

‘डान्स मास्टर लिटल च्याम्स’को जजमा तेरिया, सुशान्त



Spread the love

२३ मंसिर, काठमाडौं । नेपालमा डान्सिङ रियालिटी शो ‘डान्स मास्टर लिल चाम्स’ सुरु हुने भएको छ । आइतबार एक कार्यक्रमको आयोजना गर्दै यस रियालिटी शोको औपचारिक घोषणा गरिएको हो ।

उक्त रियालिटी सो मा निर्णायकमा तेरिया मगर, सुशान्त खत्री र रोहिया महर्जन बस्ने भएका छन् । उनीहरुले प्रतिस्पर्धीको नृत्य मूल्यांकन गरेर नम्बर दिने छन् ।

विशाल भण्डारीको निर्देशनमा हुने शो ‘थ्रि प्रोडक्सन’ले ‘नेपा प्रोडक्सन’सँगको सहकार्यमा निर्माण गर्न लागेको हो।यस शोमा केकी अधिकारी, रीमा विश्वकर्मा, विशाल भण्डारी, रोहिया महर्जन, रीना महर्जन, गम्भिरमान सिंहलगायत निर्माताको रूपमा रहेका छन् ।

‘डान्स मास्टर लिटल च्याम्स’मा १५ वर्ष मुनिका बालबालिकाले भाग लिन पाउने छन् । ३२ वटा श्रृंखला प्रशारण हुने कार्यक्रम केही महिनापछि सुरु हुने आयोजकले जनाएको छ । डिजिटल अडिसन लिने तयारी भइरहेको छ ।

रियालिटी शो को विजेताले रु २५ लाख नगद ,दोश्रो र तेश्रो हुने ले १५ र १० लाख नगद पाउने छन् l विजेताले कोरियोग्राफरसँग पाउने पुरस्कारको ५० प्रतिशत साझेदारी गर्नुपर्नेछ । शोको सञ्चालन रीमा विश्वकर्मा र सुमन कोइरालाले गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्