Logo

ब्राइटनमाथि साउथह्याम्टनको पूनरागमन जित



Spread the love

एजेन्सी। इंग्लिस प्रिमियर लिगमा साउथह्याम्टनले पूनरागमन जित निकालेको छ । सोमबार राति भएको खेलमा ब्राइटनमाथि साउथह्याम्टनले उसकै मैदानमा २–१ ले पराजित गरेको हो ।

खेलको २६औं मिनेटमा घरेलु टोलीले पेनाल्टीमार्फत अग्रता बनायो । ४५औं मिनेटमा जान्निक भेस्टरगाआर्डले जेम्स वार्डको पासमा गोल गर्दै खेललाई पहिलो हाफमा १–१ गोलको बराबरीमा ल्याए ।

८१औं मिनेटमा ड्यानी इंग्सले पेनाल्टीमा गोल गर्दै साउथह्याम्टनलाई २–१ को जित दिलाए ।

जितसँगै साउथह्याम्टन ११ खेलबाट २० अंक जोडेर पाँचौ स्थानमा उक्लिदा पराजित ब्राइटन १० अंक जोडेर १६औं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्