Logo

कोरोना संक्रमणबाट अभिनेत्री दिव्याको मृत्यु, शोकमा डुब्यो कला क्षेत्र



Spread the love

२२ मंसिर, एजेन्सी । चर्चित भारतीय सिरियल ‘ये रिश्ता क्या कहलाता है’की कलाकार दिव्या भट्नाकरको मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमणका कारण भट्नाकरको मृत्यु भएको हो ।

भारतको चर्चित सिरियल ‘ये रिश्ता क्या कहलाता है’ उनको सबैभन्दा लोकप्रीय सिरियल हो । कोरोना भाइरस संक्रमणका कारण उनको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले बताएका छन् ।

केही दिनअघि कोरोना संक्रमण पुष्टि भएकी दिभ्या अस्पतलामा उपचाररत थिइन् । स्वास्थ्य अवस्था बिग्रँदै जादा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

३४ वर्षीया भट्नाकरमा ब्लड प्रेसरको पनि समस्या रहेको बताइएको छ । दिभ्याको मृत्युले भारतीय कला क्षेत्र शोकमा डुबेको छ । उनको मृत्युमा भारतका कलाकारहरूले श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्