Logo

दैनिक साँढे २ किलो खुर्सानी खाने यी व्यक्ति



Spread the love


२२ मंसिर, एजेन्सी । हामीलाई दिनमा एउटा खुर्सानी खान पनि धेरै गाह्रो हुन्छ । तर, चीनमा एक जना व्यक्ति छन्, उनले दैनिक साँढे २ किलो खुर्सानी खान्छन् ।

अचम्मको कुरा, उनलाई खुर्सानी खाँदा आँखामा आँशु पनि आउँदैन । चीनमा उनलाई ‘चिल्ली किंग’ भनेर समेत बोलाइन्छ ।

खुर्सानी खान मन पराउने उनले आफ्नो घर पछाडी ८ प्रकारका खुर्सानी लगाएका छन् । ती चिनियाँ चिल्ली किंगको नाम हेली हो । उनले खुर्सानी बिना बाच्न नसक्ने प्रतिक्रिया पनि दिएका छन् ।

अरू मान्छेहरूले बिहान ब्रस गरेजस्तै उनी खुर्सानी खान सुरू गर्छन् । उनी लगातार चिकित्सककोमा गएर स्वास्थ्य जाँच गर्छन् । अहिलेसम्म उनको शरीरमा कुनै समस्या नदेखिएको चिकित्सकले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्