Logo

रमेश प्रसाई र उनका साथी जीवनको एउटै मण्डपबाट विवाह, कार्ड पनि एउटै



Spread the love

२१ मंसिर, काठमाडौं । समसामयिक विषयमा खरो रुपमा बोल्ने रमेश प्रसाई विवाह बन्धनमा बाधिँने भएका छन् ।

उनले कालीकोटकी नन्दा सिंहसँग विवाह गर्ने भएका छन् । रमेश र नन्दाले आगामी २२ गते सोमबारका दिन बिबाह गर्न लागेका छन् । प्रसाईको परिचय पछिल्लो समय गायकका रुपमा बनेको छ । उनले हालसालै गाएको ‘रिंकी बुन्को रागोलाई’ बोलको ‘कभर संङ्ग’ लोकप्रिय बनेको छ ।

उनको ज्ञान, बोल्ने शैली र क्षमताबाट मानिसहरु प्रभावित छन् । उनी दोहोरीमा पनि अब्बल छ्न् । उनी पछिल्लो समय इन्द्रेणीमा समेत आवद्ध छन् । नन्दा र रमेशविच ३ बर्षदेखि गहिरो प्रेम सम्बन्ध रहेको छ । ३ बर्ष अगाडि नन्दालाई रमेशले प्रेम प्रस्ताव राखेका थिए । ३ बर्ष अगाडि इन्द्रेणी कार्यक्रममा भेट भएपछि उनीहरु नजिक भएका थिए ।

रमेशले बिबाहको प्रस्ताव राखेका थिए । नन्दा र रमेशको बिहे धरानबाट हुने वुझिएको छ । त्यस्तै, रमेशका १४ वर्ष देखिका साथी जीवन विष्टको पनि २२ गते नै विवाह हुने भएको छ । रमेश र जीवनको एउटैँ मण्डपबाट विवाह हुन लागेको जीवनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । रमेशका साथी जीवनले धरानकी जुनू तामाङसँग विवाह गर्न लागेका हुन् ।

‘मङ्सिर १७ रमेश प्रसाईं काठमाण्डौ र २२ गते जीवन बिस्ट धरानबाट विवाह गर्ने सम्झौता भएता पनि १४ वर्ष लामो हाम्रो मित्रताको उपज एउटै कार्ड छापी एउटै मन्डपबाट यसै महिनाको २२ गते सोमबार विवाह गर्ने सहमती भएको जानकारी समस्त सुवेक्षुकहरुमा जानकारी गराउदछौँ।’ जीवन विष्टले जानकारी दिँदै फेसबुकमा पोष्ट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्