Logo

३१ वटा औला भएको बच्चाको जन्म



Spread the love

२१ मंसिर, एजेन्सी । चीनमा ३१ वटा औला भएका बच्चा जन्मिएका छन् । चीनकाे हुनान प्रान्तमा ३१ औला सहितका बच्चा जन्मिएका हुन् ।

३१ वटा औला सहित जन्मिएका बच्चीकाे नाम हांग हांग हो । हांग हांग अहिले ४ महिनाकी भइन् । उनको हातको ५ औला र खुट्टाका १६ औला छन् ।

चिकित्सकका अनुसार ती बच्चीमा पोलिडेक्टलिज्मकाे समस्या छ । यस्ताे समस्या सामान्यतया मानिस, कुकुर र बिरालोमा हुने बताइएकाे छ । एक अध्ययनका अनुसार एक हजार बच्चामध्ये एक जनामा यस्ताे समस्या हुने देखिएकाे छ ।

हांगका अभिभावकले ती बच्चीकाे उपचारका लागि आर्थिक सहयाेग जुटाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्