Logo

वामदेवको सचिवालयबाट जवाफ – सूर्य भन्ने केटो, जसको काम–पेशा भन्नु नै दलाली हो



Spread the love

२१ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमा पोष्ट गरेको एउटा तस्विर विवादमा परेको छ । उनले सात वर्षअघिको वामदेव गौतमले बाटो काटेको तस्विर फेसबुकमा राखेर गौतमको आलोचना गर्दै स्टाटस लेखेका हुन् ।

थापाले यस्तो स्टाटस लेखेपछि उपाध्यक्ष वामदेव गौतमको सचिवालयका सदस्य विश्वमणि सुवेदीले थापालाई आक्रमक जवाफ फर्काए । ‘सूर्य थापा भन्ने केटो, जसको काम–पेशा भन्नु नै दलाली, चाकडी र अर्काको हुर्मत लिनु हो । त्यसले नेकपा उपाध्यक्ष क.वामदेव गौतमको ७ वर्ष पुरानो फोटो हालेर उहाँमाथि एउटा संक्षिप्त, तर गम्भीर टिप्पणी गरेको छ’।

थापाले नेकपा उपाध्यक्ष एंव पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले सडकमा डिभाइडर नाघ्दै गरेको तस्बिर सामाजिक सञ्जालमा फेसबुकमा पोष्ट गरेका थिए। उनले उक्त तस्बिर वामदेवबारे धेरै कुरा बताउने अर्थमा क्याप्सन लेखेका छन्-को कस्तो?तस्बिर काफी छ।

प्रतिक्रिया दिनुहोस्