Logo

शिर्षस्थानमा रहेको पीएसजीको अग्रता कायमै



Spread the love

एजेन्सी। फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले मोन्टपेलिएरमाथि ३–१ को जित हात पार्दै शीर्षस्थानमा अग्रता कायमै राखेको छ ।

खेलको ३३औं मिनेटमा एन्जल डि मारियाको पासमा डग्वाले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए । ४१औं मिनेटमा माभिडिडिले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा फर्काए ।

७७औं मिनेटमा राफिन्हाको पासमा मोइस किनले गाल गर्दै पीएसजीलाई २–१ ले अघि बढाए । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा एमबाप्पेले गोल गर्दै ३–१ को सहज जित दिलाए ।

शीर्षस्थानमा रहेको पीएसजीको १३ खेलबाट २८ अंक रहेको छ । ११ खेलबाट मार्सेको २४ अंक छ ।

प्रतिक्रिया दिनुहोस्