Logo

फोटोसुट गरेकै कारण मोडललाई जेलमा थुनियो (फोटो सहित)



Spread the love

२० मंसिर, एजेन्सी । फोटोसुट गरेकै कारण एक मोडल जेल जानु परेको छ । इजिप्टमा खिचिएका फोटोहरू सामाजिक सञ्जालमा सार्वजनिक भएपछि ती मोडल र उनका फोटोग्राफरलाई जेल सजाय भएको हो ।

ती फोटो कै कारण मोडल जेल गएपछि इजिप्टमा फोटोको आलोचना र इजिप्ट प्रशासनको आलोचना गर्ने २ समूह विभाजित भएका छन् । त्यस्तै, इजिप्टको मिडियाले यी मोडलका तस्वीरलाई ‘उत्तेजक र आपत्तिजनक’को संज्ञा दिएका छन् ।

सोमबार पक्राउ परेका मोडल सलमा अल शिमी फरोह र उनका फोटोग्राफर हौसम मोहम्मद मंगलबार हिरासतबाट छुटेता पनि यसबारे बहस झन चर्किएको छ । इजिप्टको राजधानी कायरोबाट ३० किलोमिटर टाढा रहेको पिरामिडमा उत्तेजक तस्बीर खिचेपछि उनीहरूलाई त्यहाँको प्रशासनले पक्राउ गरेको हो ।

उनीहरुलाई ५ सय इजिप्सियन पाउण्ड धरौटीमा छाडिएको छ । उनीहरुविरुद्धको मुद्दा भने जारी रहनेछ ।

तर, ती मोडलले भने पर्यटन प्रबर्द्धनका लागि त्यहाँ फोटो खिचेको बताउँदै प्रशासनको अनुमति लिनुपर्ने नियम थाहा नभएको उल्लेख गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्