Logo

चप्पल चोरेर नै ४० लाखको मालिक



Spread the love

२० मंसिर, एजेन्सी । भारतमा एक जना चप्पल चोरेर नै लाखाैँ रूपैँयाका मालिक भएका छन् । विभिन्न स्थानबाट चोरेका चप्पलहरू उनले लाखाैँ रूपैँया जम्मा गर्न सफल भएका छन् ।

भारतको माटुंगा पुलिस चाैकीमा एक जनाले २ वर्षको अवधिमा मात्रै करीब ४० लाखको चप्प्ल चोरेको बताएका छन् । प्रहरीले पक्राउ गरेका इब्राहिम शेखले आफ्नै पोल प्रहरी चाैकीमा खोलेका हुन् ।

त्यहाँको पुलिसले इब्राहिमलाई एउटा चोरीको आरोपमा पक्राउ गरेको थियो । तर, प्रहरीको हिरासतमा उनले १५ प्रकारको चोरी गरेको पोल खोले । त्यही १५ प्रकारका चोरी मध्ये सबैभन्दा अचम्मको चोरी हो ४० लाखको चप्पल चोरीको ।

उनले बताए अनुसार इब्राहिमले दैनिक १० जोरसम्म चप्पलहरू चोरेर बेच्ने गरेका थिए । ३ वर्षअघि नै प्रहरीको खोजीको सूचिमा रहेका इब्राहिमले २ वर्षको अवधिमा नै ४० लाखको चप्पल चोरेर बेच्न भ्याए ।

चोरीमा लाग्नुभन्दा पहिले इब्राहिमले फिल्महलमा ब्ल्याकमा टिकट बिक्री गर्ने गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्