२० मंसिर, काठमाडौ । आज न्यूनचापीय प्रणालीको प्रभावले देशको पहाडी भू–भागमा सामान्य बदली भइ केही स्थानमा हल्का वर्षा हुने भएको छ ।
भारतको पूर्वी उत्तर प्रदेश र विहारको आसपासमा बनेको न्यूनचापीय प्रणालीको प्रभावले आज प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् विभूति पोखरेलले बताए ।
हाल देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बद्ली रही र बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्