Logo

विश्वकप छनोट – बंगलादेशविरुद्ध कतारको सानदार जित



Spread the love

एजेन्सी। कतार विश्वकप २०२२ को छनोट र एसियन कपको छनोटको दोस्रो चरण अन्तर्गतको खेलमा कतारले बंगलादेशमाथि सानदार जित निकालेको छ । दोहामा शुक्रबार राति भएको खेलमा घरेलु टोलिले बंगलादेशमाथि ५–० को एकपक्षीय जित दर्ता गरेको हो ।

घरेलु टोलीले नवौं मिनेटमा अब्दुलाजिज हाटिमको गोलबाट सुरुवाती अग्रता बनायो। ३३औं मिनेटमा अक्रम अफिफले गोल गर्दै कतारको अग्रता दोब्बर पारे ।

७२औं मिनेटमा अल्मोइज अलीले पेनाल्टीमा गोल गर्दै कतारलाई जिततर्फ अघि बढाए । ७८औं मिनेटमा अल्मोइज अलीले व्यक्तिगत दोस्रो गोल गरेपछि कतारले खेलमा ४–० को अग्रता लियो । ९०औं मिनेटमा अक्रम अफिफले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौ गोल गर्दै कतारलाई फराकिलो जित दिलाए ।

फराकिलो जितसँगै समूह ‘ई’ मा कतार ६ खेलबाट १६ अंक जोडेर शीर्षस्थानमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्