Logo

नेपालमा केटा–केटाबीच नै धार्मिक विधि अनुसार विवाह



Spread the love

२० मंसिर, ललितपुर । ललितपुरमा २ जना केटा–केटाबीच समलिङ्गी विवाह भएको छ । परिचय समाज नामक कार्यालयमा धार्मिक विधि अनुसार पण्डितबाट नै विवाह सम्पन्न भएको हो ।

विवाह गरेका सौरभ तामाङ र सुरज क्षेत्रीको परिवारले पनि यो विवाह स्वीकार गरेको उनीहरूले बताएका छन् । साैरभकी आमा विनिताले उनीहरूको वैवाहिक जीवन सफलताको कामना गरिन् तर, बिरामी भएका कारण सुरजकी आमा विवाहमा उपस्थित हुन सकिनन् ।

फेसबुकबाट चिनजान भएको सम्बन्धलाई उनीहरुले विवाहमा परिणत गरेका हुन् । केही समय पहिले उनीहरूको फेसबुकबाट चिनजान भएको थियो ।

विवाहित जोडीले समलिङ्गीलाई आफ्नो परिचय नलुकाउन आग्रह गरेका छन् ।

नेपालमा अहिलेसम्म समलिङ्गी विवाहको कानुन छैन । तर, कानुन कानून बनेपछि आफूहरुले विवाह दर्ता गर्ने उक्त जोडीको योजना छ।

प्रतिक्रिया दिनुहोस्