Logo

मलेसियामा बसेर अपहरण गर्ने डेबिड पुर्पक्षका लागि थुनामा



Spread the love

१९ मंसिर, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले मलेसियामा बसेर अपहरण तथा शरीर बन्धक गर्ने गरेको अभियोगमा डेबिड भनिने दुर्गाबहादुर श्रेष्ठलाई पक्राउ गरेको छ ।

मलेसियामा बसेर गुन्डागर्दी र अपहरण गरेको भन्दै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा किटानी जाहेरी परेपछि उनी पक्राउ परेका थिए । जिल्ला अदालत, काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएसँगै डिल्लीबजार कारागार चलान गरिएको ब्युरोले जनाएको छ ।

डेबिडले दाङको पहरुवा भन्ने स्थानका मध्म रैदासलाई अपहरण गरी सात दिनसम्म बन्धक बनाएको उजुरी परेको ब्युरो प्रमुख डीआईजी सहकुल थापा बताउँछन् । उनका अनुसार रैदासकी श्रीमतीलाई फोन गरेर डेबिडले दुर्गाबहादुर श्रेष्ठको नाममा हिमालयन बैंक लिमिटेडको खातामा ६० हजार रिंगेट जम्मा गराउन भनेका थिए । रकम जम्मा नगरे मारिदिने धम्कीसमेत दिएका थिए ।

पटक पटक गरी उनले १५ लाख ९२ हजार रुपैयाँ फिरौती असुलेपछि अपहरण मुक्त गरेको अनुसन्धानबाट खुलेको थापाको भनाइ छ । डेबिट नेपाल आएको गोप्य सूचनाको आधारमा प्रहरीले काठमाडौंको कान्ति बाल अस्पताल नजिकको सडकबाट पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्