Logo

पत्नीलाई पिट्ने टिप्स बाड्ने यी विद्वान



Spread the love

एजेन्सी । अहिलेको समयमा महिला अधिकार र यसका पक्षमा वकालत गर्नेहरूको ठूलो जमात हुन्छ ।

तर, साउदी अरबमा भने एक जना विद्वानले महिलालाई पिटेको भिडियो शेयर गरिरहेका छन् । साउदीका ती व्यक्ति डाक्टर हुन् । उनले भिडियो शेयर गर्दै पत्नीलाई पिट्नै परेमा कसरी पिट्ने भन्ने आशयका भिडियोहरू शेयर गर्छन् ।

उनको यस्ता भिडियोको अहिले चर्चा हुन थालेको छ । ती डाक्टरका अनुसार पत्नीलाई पिट्नै पर्छ । तर, यसो गर्दा धेरै कुरा ध्यानमा राख्न जरूरी छ । यो भिडियो निकै पहिला पनि आएको थियो, तर पछि मात्र चर्चामा आएको हो ।

आश्चर्यको कुरा त यो भिडियो सार्वजनिक गर्न साउदी अरबको सरकारले अनुमति दिएको थियो । पछि सरकारी च्यानलले टेलिभिजनमार्फत प्रसारण गरेपछि करोडौ मानिसहरुले हेरेका थिए । यो भिडियो सार्वजनिक गरेपछि महिला अधिकारकर्मीहरुले बहस सुरु गरे ।

विभिन्न देशहरुका महिलाहरुले तिखो व्यंग पनि गरे । डाक्टरका अनुसार पिटाईले पतिमाथि आफूले गरेको गल्तीको सजाय भएको पत्नीलाई महसुस गराउनु पर्छ ।

प्रतिक्रिया दिनुहोस्