१८ मंसिर, काठमाडौँ । देशभरका प्रयोगशालामा ९ हजार २८९ जनाको पीसीआर परीक्षण गर्दा शनिबार थप १ हजार ३ सय ४३ जनामा कोरोना संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
२४ घण्टा यता १ हजार ३ सय ४३ जना कोरोना संक्रमण देखिएका मध्य काठमाडौंमा ४५५, मोरङमा १२८, ललितपुरमा ८०, कास्कीमा ६९, झापामा ६७, सुनसरीमा ५६, रुपन्देहीमा ४१, दाङमा ४०, चितवनमा ३२, बाँकेमा २७ र भक्तपुरमा २६, तनहुँमा १९, लमजुङमा १७, संखुवासभा र सप्तरीमा १५/१५, धनुषा, मकवानपुर र बर्दियामा १४/१४, पाल्पामा १३, बाग्लुङ, रसुवा, नवलपरासी पश्चिम र नुवाकोटमा १२/१२, स्याङ्जा र अछाममा ११/११ जना, गोरखामा ९, कैलाली, धादिङ र सिराहामा ८/८, जुम्लामा ७, सर्लाही, इलाम, डोटी र अर्घाखाँचीमा ५/५, पर्सा, उदयपुर, रुकुम पश्चिम, बारा, बझाङ र दोलखामा ४/४, पर्वतमा ३, धनकुटा, म्याग्दी, भोजपुर, बैतडी, कपिलवस्तु, सिन्धुपाल्चोक, कञ्चनपुर र गुल्मीमा २/२, ताप्लेजुङ, महोत्तरी, प्युठान, सुर्खेत, रोल्पा, खोटाङ, दैलेख, पाँचथर, रुकुम पू्र्व र कालीकोटमा १/१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालम कुल कोरोना संक्रमितको संख्या २ लाख ३७ हजार ५८९ रहेको छ भने २ लाख २० हजार २७२ जना कोरोनामुक्त भएका छन् । देशभर कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ५ सय ५१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।