Logo

मौरीको झुण्डले एउटा कारलाई २ दिनसम्म घेरेर राखेपछि



Spread the love

एजेन्सी । इंग्ल्याण्डमा एक झुण्ड मौरीले २ दिनसम्म कारलाई घेरेका छन् । रानी मौरी कारमा थुनिएपछि त्यो मौरीको झुण्डले कारलाई २ दिनसम्म घेरा बन्दीमा राखेको हो ।

कैरोलको कारको डिक्कीमा रानी मौरी अन्जानबस थुनिएको थियो । उनले किनमेल गर्नलाई आफ्नो कार पार्कमा छाडेकी थिइन् । रानी मौरी कारको डिक्कीमा नै थुनिएपछि अन्य मौरीले उनको पिछा गरेका थिए ।

महिलाले मौरी धपाउन धेरै प्रयास गरिन् तर कति मौरीले त उनलाइृ टोकी दिएपनि । यसरी मौरीको झुण्डले कारलाइृ घेरेको पहिलो पटक देखेको राजरले बताएका छन् । यस घटना देखेर सबै मानिसहरु अत्तालिएका थिए र आश्चर्य मान्दै फोटो लिनेको भिड थियो ।

मौरीको समुह तेज हावामा उड्थे र गति कम हुँदा बित्तिकै फेरी कारमा आएर बसिहाल्थे ।

प्रतिक्रिया दिनुहोस्