Logo

विवादपछि रामचन्द्र पौडेलले गरे पुल उद्घाटन



Spread the love

१८ मंसिर, तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ ब्यास नगरपालिकाको बुल्दीखोलाको पुल बिहीबार उद्घाटन गरेका छन्।

पौडेलसँगै पुल उद्घाटन कार्यक्रममा कांग्रेसका केन्द्रिय सदस्यहरु शंकर भण्डारी, प्रदिप पौडेल, गोविन्द भट्टराइ, कांग्रेस गण्डकी प्रदेशका विपक्षी दलका नेता गणेशचन्द्रलगायत नेपाली कांग्रेसका सयौं कार्यकर्ता सहभागी छन् ।

बुधबार जिल्ला प्रशासन कार्यालयले पुल क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञाको समयमा पौडेल सयौँ कार्यकर्ता लिएर पुल उद्घाटन गर्न पुगेका थिए । सोही समयमा प्रहरीले नेता पौडेललाई ३ घण्टा नियन्त्रणमा लिएर छाडेको थियो ।

आज भने कुनै अवरोध भएको छैन । उक्त पुल उद्घाटनका विषयलाई लिएर सत्तापक्ष र प्रतिपक्षीबीच विवाद हुँदै आइरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्