Logo

जिरुउडको सानदार प्रदर्शनमा चेल्सीको फराकिलो जित, मेस्सीविनै बार्सिलोना विजयी



Spread the love

एजेन्सी । चेल्सीले युइएफए च्याम्पियन्स लिगमा स्पेनिस क्लब सेभियामाथि ४–० को फराकिलो जित निकालेको छ ।

चेल्सीले सेभियालाई उसकै मैदानमा फराकिलो जित निकालेको हो ।

जिरुउडले पहिलो हाफमा १ तथा दोस्रो हाफमा तीन गोल गरेको थियो ।

ओलभिर जिरुउड सन् २०१० पछि एकै खेलमा चार गोल गर्ने पहिलो खेलाडी बनेका छन् ।

यो फराकिलो जितसँगै अपराजित रहेको चेल्सी समूह ‘ई’ बाट समूह विजेता बन्दै प्रि–क्वाटरफानलमा पुग्न सफल भएको छ । चेल्सीको ५ खेलबाट १३ अंक छ ।

त्यस्तै, कप्तान लियोनेल मेस्सीलाई विश्राम दिइएको खेलमा क्याटलान क्लब बार्सिलोनाले च्याम्पियन्स लिगको समूह चरणको पाँचौ खेलमा फेरेन्कभारोसलाई उसकै मैदानमा ३–० ले पराजित गरेको छ ।

पुस्कास एरिनामा बुधबार राति भएको खेलमा बार्सिलोनाको सहज जितमा एन्टोइन ग्रिजमन, मार्टिन ब्रेथवेट र औसमाने डेम्वेलेले गोल गरे ।

यो जितसँगै अपराजित रहेको बार्सिलोनाले समूह ‘जी’ मा ५ खेलबाट १५ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्