Logo

नेयमार चम्कदा पीएसजीसँग युनाइटेड स्तब्ध



Spread the love

एजेन्सी। नेयमारको दुई गोलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले च्याम्पियन्स लिगको समूह चरण अन्तर्गतको खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई हराएको छ ।पीएसजीले १० खेलाडीमा समेटिएको घरेलु टोलीमाथि ३–१ को सानदार जित निकालेको हो।

खेलको छैटौ मिनेटमा नै नेयमारको गोलबाट पीएसजीले अग्रता बनायो । ३२औं मिनेटमा एन्थोनी मार्सियलको प्रहार रिवाउन्डमा आउदा आरोन वान बिशाखाले दिएको पासमा मार्कुस रासफोर्डको प्रहार डियालोलाई डिफ्लेक्ट हुदै गोलमा परिणत भएको थियो ।

६९औं मिनेटमा एब्डोउ डियालोको पासमा कप्तान मार्किन्हसले गोल गर्दै पीएसजीलाई २–१ को अग्रता दिलाए । एन्डर हेरेरामाथि फल गरेपछि फ्रेड दोहोरो पहेलो कार्ड खादै मैदानबाट बाहिरिएपछि युनाइटेड खेलको ७०औं मिनेटमा १० खेलाडीमा समेटिएको थियो ।

इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा राफिन्हाको पासमा नेयमारले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलार्य ३–१ को सहज जित दिलाए ।

यो जितसँगै समूह ‘एच’ मा पीएसजी ९ अंक जोडेर दोस्रो स्थानमा यथावत छ ।

अर्काे खेलमा जर्मन क्लब आरबी लाइप्जिगले टर्किस क्लब इस्तानबुल बेसाकसेहिरमाथि ४–३ को रोमाञ्चक जित निकालेको छ ।

प्रतिक्रिया दिनुहोस्