१७ मंसिर, काठमाडौं । देशभरका प्रयोगशालामा ८ हजार ३ सय जनाको पीसीआर परीक्षण गर्दा शनिबार थप १ हजार ४ सय ९० जनामा कोरोना संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
२४ घण्टा यता १ हजार ४ सय ९० जना कोरोना संक्रमण देखिएका मध्य इलाममा २१, उदयपुरमा ३, झापामा ३१, ताप्लेजुङमा १, धनकुटामा २, पाँचथरमा १, भोजपुरमा १, मोरङमा २९, सुनसरीमा २४, धनुषामा ९, पर्सामा ५, बारामा ३, महोत्तरीमा ५, रौतहटमा १, सप्तरीमा २, सर्लाहीमा २, सिरहामा , काठमाडौँमा ५३१, काभ्रेमा १९, चितवनमा ४, दोलखामा ५ र धादिङमा १६ जना, नुवाकोटमा २३, भक्तपुरमा ५८, मकवानपुरमा १८, रसुवामा ७, रामेछापका १३, ललितपुरमा १३४, सिन्धुपाल्चोकमा ९, सिन्धुलीमा १, कास्कीमा ५८, गोरखामा २१, तनहुँमा १४, नवलपरासीपूर्वमा ३, पर्वतमा ३, लमजुङमा २३, बागलुङमा ३, स्याङ्जामा ७, अर्घाखाँचीमा ५, कपिलवस्तुमा ३, गुल्मीमा ३, दाङमा ६९, नवलपरासीमा ६, पाल्पामा १९, प्यूठानमा ६, बर्दियामा ६, बाँकेमा २२, रुपन्देहीमा २८, रोल्पामा १, रुकुमपश्चिममा ४, अछाममा ११, कञ्चनपुरमा १७, कैलालीमा ११२, डडेल्धुरामा १, दार्चुलामा १, बझाङमा ६ तथा बाजुरामा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
यससँगै कुल संक्रमितको संख्या २ लाख ३६ हजार २४६ पुगेको छ । उनीहरुमध्ये २ लाख १८ हजार १६१ जना संक्रमणमुक्त भएका छन् भने १५३८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।देशभर १६ हजार ५४७ सक्रिय संक्रमित छन् ।