Logo

काठमाडौंमा प्रदर्शन नगर्न प्रशासनको आग्रह



Spread the love

१६ मंसिर, काठमाडौ । काठमाडौंमा प्रदर्शन नगर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले आग्रह गरेको छ ।

प्रशासनले मंगलबार एक विज्ञप्ति जारी गर्दै जिल्लामा विभिन्न माग राख्दै भिडभाडजन्य गतिविधिहरु बढेको पाइएकाले सोसँग सम्बन्धित सभा, जुलुस, प्रदर्शन नगर्न आग्रह गरेको हो ।

प्रशासनले त्यस्ता गतिविधि सञ्चालन गर्दा कोरोना संक्रमणको स्थिति भयावह हुन सक्ने भन्दै भिडभाडजन्य गतिविधि नगर्न आग्रह गरेको हो ।

पछिल्लो समय काठमाडौंमा राजसंस्था पुनस्र्थापनाको माग गर्दै विभिन्न समूह र संघ संगठनको प्रदर्शन हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्