Logo

घरेलु मैदानमा फुलहमसँग लेस्टर स्तब्ध, वाटकिन्स पेनाल्टीमा चुक्दा भिल्ला पराजित



Spread the love

एजेन्सी। इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटी फुलहमसँग पराजित भएको छ । लेस्टरले घरेलु मैदानमै फुलहमसँग २–१ ले हार ब्यहोरेको हो ।

किङ पावर स्टेडियममा गएराति भएको खेलमा पाहुना टोली फुलहमले खेलको ३०औं मिनेटमा एडेमोला लुकमानको गोलमा अग्रता बनायो । ३८औं मिनेटमा फुलहमले पेनाल्टी गालमार्फत अग्रता दोब्बर बनायो । क्रिस्टियन फुचले पेनाल्टी बक्समा बोब्बी रेइडलाई लडाएपछि रेफ्रीले भिएआरको सहायता लिदै फुलहमलाई पेनाल्टी प्रदान गरेको थियो । जसमा इभान चुकेनन् ।

८६औं मिनेटमा जेमी भार्डीको पासमा घरेलु टोलीका हार्भे बार्नेसले गोल गर्दै लेस्टरलाई खेलमा फर्कने संकेत दिए ।

लेस्टर १० खेलबाट १८ अंक जोडेर चौथो स्थानमा यथावत छ । फुलहम ७ अंक जोडेर रेलिगेसन जोन छाड्दै १७औं स्थानमा उक्लिएको छ ।

प्रिमियर लिगकै अर्को खेलमा वेस्ट ह्याम युनाइटेडले एस्टन भिल्लालाई हराएको छ ।लन्डन स्टेडियममा सोमबार राति भएको खेलमा घरेलु टोलीले भिल्लामाथि २–१ को जित हात पारेको हो ।

घरेलु टोलीको जितमा एन्जेलो ओग्वोन्ना र जारोड बोवेनले गोल गर्दा भिल्लाका ज्याक ग्रेयालिसले गरेको गाल सान्त्वना बन्यो ।

वेस्ट ह्याम १० खेलबाट १७ अंक जोडेर पाँचौ स्थानमा उक्लिदा भिल्ला १५ अंकसहित १०औं स्थानमा यथावत छ ।

प्रतिक्रिया दिनुहोस्