एजेन्सी । अर्जेन्टिनाका फुटबल खेलाडी म्यारोडोनाको मृत्यु प्रकरणमा निजी चिकित्सकमाथि छानविन थालिएको छ । महान् फुटबल खेलाडी डिएगो म्याराडोनाको उपचारमा लापरबाही भएको थियो कि भनेर छानविन सुरु गरिएको हो ।
प्रहरीले म्यारोडोनाका निजी चिकित्सक लियोपोल्डो लुकको क्लिनिकमा छापा समेत मारेको छ । लुकमाथि हालसम्म कुनै अभियोग भने लगाइएको छैन ।
म्यारोडोनाका छोरीहरुले आफ्ना बुबालाई अन्तिम समयसम्म खुवाइएको औषधी र उपचार विधिमा आशंका व्यक्त गरेसँग चिकित्सकमाथि छानविन थालिएको हो ।
प्रतिक्रिया दिनुहोस्