Logo

ओसासुनाविरुद्ध गोल गर्दै म्याराडोनालाई मेस्सीको भावुक श्रद्धाञ्जली



Spread the love

एजेन्सी। लियोनेल मेस्सीले डिएगो म्याराडोनालाई भावुक श्रदाञ्जली अर्पण गरेका छन् । आइतबार ओसासुनाविरुद्ध गोल गर्दै मेस्सीले न्यूवेल्स ओल्ड ब्वाइजको जर्सी प्रस्तुत गर्दै मेस्सीले म्याराडोनालाई श्रद्धाञ्जली दिएका हुन् ।

बुधबार निधन भएका म्याराडोनाका लागि खेलको शुरुवातअघि एक मिनेट ताली बजाएर सम्मान दिइएको थियो ।

बार्सिलोनाले ओसासुनाविरुद्ध ४–० को जीत निकाल्दा मेस्सीले खेलको ७३ औँ मिनेटमा गोल गर्न सफल भए । यो सिजन ओपन प्लेबाट पहिलो गोल गरेका मेस्सीले त्यसपछि आफ्नो बार्सिलोनाको जर्सी फुकाल्दै म्याराडोनाको सम्मानमा नयूवेल्स ओल्ड ब्वाइजको १० नम्बरको जर्सी प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्