Logo

खेतमा काम गरिरहेका ४३ जना किसानको घाँटी रेटेर विभत्स हत्या



Spread the love

१४ मंसिर एजेन्सी । ४३ जना किसानको घाँटी रेटेर हत्या गरिएको छ । नाइजेरियामा बोको हराम समूहका लडाकूहरुले खेतमा काम गर्ने ४३ मजदूरको घाँटी रेटेर हत्या गरेका हुन्।

अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाए अनुसार नाइजेरियाको कोशोबेमा खेतमा काम गरिरहेका मजदूरहरुलाई बाँधेपछि घाँटी काटेर हत्या गरिएको हो ।

नाइजेरियका राष्ट्रपति मोहम्मद बुहारीले यो घटनाको निन्दा गरेका छन्। त्यहाँका स्थानीयले ४३ जनाको घाँटी रेटेर बिभत्स हत्या गरिएको अवस्थामा फेला पारेको बताएका छन् । उक्त घटनामा ६ जना घाइते समेत भएको बताइएको छ ।

सोही गाउँका ८ जना भने बेपत्ता भएका छन् । उनीहरू लडाकुको कब्जामा रहेको हुनसक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्