Logo

किनेको ३ दिनमै खरानी भयो मोटरसाइकल



Spread the love

१४ मंसिर, काठमाडौं । सामाजिक सञ्जालमा किनेको केही दिनमै मोटरसाइकल जलेको घटना भाइरल भइरहेको छ ।

म्याग्दीका एक जना युवाले किनेको मोटरसाइकल तीन दिनमा नै पूर्ण रूपमा जलेको भिडियो भाइरल भइरहेको हो । सामाजिक सञ्जाल फेसबुकमा पोष्ट अनुसार उक्त मोटरसाइकल भारतीय कम्पनी हिरो मोटर्सको उत्पादन हिरो एक्स पल्स हो ।

मोटरसाइकल किनेको ३ दिनमा चलाउँदै गर्दा अचानक जलेको उनले दाबी गरेका छन् । उक्त मोटरसाइकल विकास आचार्यले किनेका थिए । उनी नेपाल बैंक लिमिटेडमा कार्यरत व्यक्ति हुन् । उनले हिरो एक्स पल्स असोज ६ गते किनेको उल्लेख गरेका छन् ।

उनले मोटरसाइकलमा भएको समस्या जानकारी एनएमजी शोरूमा गराए पनि उक्त शोरूमा घटना लुकाउन खोजेको आरोप समेत लगाएका छन् । शोरूमले क्षतीपूर्ति दिन पनि आनाकानी गरको समेत आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्