Logo

भारतमा जन्मिए अचम्मको बच्चा, स्थानीयहरूले भगवानको रूप भन्दै पूजा गरे



Spread the love

१४ मंसिर एजेन्सी । भारतमा एक जना बच्चा जन्मिने बित्तिकै आनन्दले बसेका छन् । भर्खर जन्मिएका ती बच्चा भुई तथा कुर्सीमा बस्न सक्छन् ।

भारतको बिहारमा नवीन गुनीकी श्रीमतीले जन्माएको बच्चाको व्यवहारले सबैजना अचम्मित भएका छन् । ती बच्चा भ्यागुतो जस्ता देखिन्छन् भने जन्मिने बित्तिकै उठेर बसेको परिवारले जनाएका छन् । डाक्टरको अनुसार यस्ता बच्चाको आयु निकै छोटो हुन्छ ।

स्थानियहरुले उक्त बच्चालाई भगवानको रुप मानेर पुजा गरिरहेका छन् । टाढा टाढाबाट मानिसहरु आएर पुजा गरेको समेत बताइएको छ । यसलाई डाक्टरहरुले जेनेटिकली डिर्सअर्डर भनिरहेका छन् । यो रोग १० हजार मानिसहरुमा १ जनालाई लाग्ने डाक्टरहरूले जनाएका छन् ।

महिला गर्भवती भएको समयमा नै स्वास्थ्य अवस्था जाँच गरेको भए यस्तो समस्या नहुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्