Logo

लकडाउनका बेला घरज्वाइं बसेका व्यक्ति साली लिएर टाप



Spread the love

१४ मंसिर, काठमाडौं । लकडाउनका कारण घरज्वाईं बसेका एक व्यक्तिले साली भगाएका छन् । भारतको मध्यप्रदेशमा घरज्वाईं बसेका व्यक्तिले साली लिएर भागेका हुन् ।

भारतीय गाउँ पमारियामा लकडाउनका कारण २ महिनादेखि एक जना व्यक्ति ससुराली बसेका थिए । २ महिनापछि लकडाउन तथा यात्रा प्रतिबन्ध खुलेसँगै १९ वर्षीया साली लिएर भागेका हुन् ।

लकडाउनको सुरूवाती समयमा उनले साली आफ्नै बहिनी जस्तो भएको बताएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । साली भगाएका उनलाई प्रहरीले पक्राउ गरिसकेको बताइएको छ । साली भगाउने बृजेशले रिंकीसँग ५ वर्ष पहिले विवाह गरेका थिए ।

उनीहरूका २ जना सन्तान समेत छन् । पक्राउ परेपछि ती व्यक्तिले साली फिर्ता गरेको र रिंकीसँगै बच्चाहरू लिएर घर गएको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्