Logo

भारत पराजित, एक खेल अगावै अष्ट्रेलियालाई उपाधि



Spread the love

एजेन्सी। अष्ट्रेलियाले भारतसँगको तीन ओडिआई सिरिज एक खेल अगावै जितेको छ । दोस्रो ओडिआई खेलमा भारतलाई ५१ रनले हराउँदै अष्ट्रेलियाले एक खेल अगावै सिरिज जित्न सफल भएको हो ।

जितका लागि ३ सय ९० रनको विजयी लक्ष्य पछ्याएको भारतले निर्धारित ५० ओभरमा ९ विकेटको नोक्सानीमा ३ सय ३८ रन बनाउन सक्यो । पहिलो विकेटका लागि शिखर धवन र मयंक अग्रवालले ५८ रनको साझेदारी गरेका थिए । कप्तान विराट कोहली र लोकेश राहुल (केएल) ले ७० बलमा ७२ रनको साझेदारी गर्दै इनिङलाई अघि बढाउन खोजेका थिए । तर,३५ औं ओभरको पाँचौ बलमा हेनरिक्सले कोहलीलाई ८९ रनमा क्याच गरेपछि भारतको जित टाढिएको थियो ।

त्यसअघि सिड्नी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ३ सय ८९ रन बनाएको थियो । अष्ट्रेलियालाई विशाल योगफलमा पुर्याउन शीर्षक्रमका पाँचै ब्याट्सम्यानले ५० भन्दा माथिको योगदान दिए ।

भारतले आज सात बलरलाई प्रयोग गरेको थियो । पहिलो खेलमा अष्ट्रेलियाले भारतलाई ६६ रनले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्