१४ मंसिर, काठमाडौं । देशभरका प्रयोगशालामा ८ हजार ८ जनाको पीसीआर परीक्षण गर्दा शनिबार थप १ हजार २ सय ५५ जनामा कोरोना संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
२४ घण्टा यता १ हजार २ सय ५५ जना कोरोना संक्रमण देखिएका मध्य इलाममा २१, उदयपुरमा ३, ओखलढुंगामा २, खोटाङमा २, झापामा ४१, ताप्लेजुङमा ३, पाँचथरमा २, मोरङमा ७३, संखुवासभामा ७, सुनसरीमा २०, सोलुखुम्बुमा ७, धनुषामा २, पर्सामा ११, बारामा ९, महोत्तरीमा २, रौतहटमा ४, सप्तरीमा ७, सर्लाहीमा २, सिरहामा ३, काठमाडौँमा ४२२, काभ्रेमा २१, चितवनमा २६, दोलखामा ७ र धादिङमा ३, नुवाकोटमा २, भक्तपुरमा ६५, मकवानपुरमा १०, रामेछापका १, ललितपुरमा ६१, सिन्धुपाल्चोकमा ३, सिन्धुलीमा २, कास्कीमा ८३, गोरखामा २६, तनहुँमा १६, नवलपरासीपूर्वमा २१, पर्वतमा ३, म्याग्दीमा १, लमजुङमा ४, स्याङ्जामा १०, अर्घाखाँचीमा ४, कपिलवस्तुमा १५, दाङमा ४, नवलपरासीमा २, पाल्पामा १२, प्यूठानमा ३, बर्दियामा ७, बाँकेमा १७, रुपन्देहीमा ३५, अछाममा ५, कञ्चनपुरमा १५, कैलालीमा ९८, डडेल्धुरामा ५, डोटीमा १, दार्चुलामा २, बझाङमा ७ र बैतडीमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ३१ हजार ९ सय ७८ पुगेको छ। आइतबार देशभर १ हजार ४ सय ४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हाल देशभर १७ हजार ९ सय ९ जना सक्रिय संक्रमित छन् भने ६३२ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।