Logo

एक बर्षपछि राखेपले सार्वजनिक गर्यो १३ औं सागको खर्च विवरण



Spread the love

१४ मंसिर, काठमाडौं।१३ औं दक्षिण एसियाली खेलकुद (साग) को हिसाब सार्वजनिक भएको छ । खेल सकिएको एक वर्षपछि आज राष्ट्रिय खेलकुद परिषद ‘राखेप’ ले त्यसको खर्च विवरण सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलन गर्दै राखेपका सदस्य सचिव रमेश सिलवालले सागको खर्च विवरण सार्वजनिक गरेका हुन् ।

साग खेलकुद तर्फ १ अर्ब ३१ करोड ७८ लाख ४३ हजार ६१ रुपैया १५ पैसा खर्च भएको छ भने निर्माणतर्फ २ अर्ब ८६ करोड १४ लाख २८ हजार ९ सय ७३ रुपैया खर्च भएको विवरणमा उल्लेख गरिएको छ ।

गत वर्ष मंसिर १५ देखि २४ गते सम्म भएको सागमा नेपालले ऐतिहासिक ५१ स्वर्ण, ६० रजत र ९६ कास्यगरी कुल २ सय ७ पदक जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्