१४ मंसिर, काठमाडौं। १३ औं दक्षिण एसियाली खेलकुद (साग) को हिसाब आज सार्वजनिक हुँदैछ । खेल सकिएको एक वर्षपछि राष्ट्रिय खेलकुद परिषद ‘राखेप’ ले त्यसको खर्च विवरण सार्वजनिक गर्न लागेको हो ।
खर्च विवरण सार्वजनिक गर्न राखेप सदस्य सचिव रमेशकुमार सिलवालले आज दिउँसो पत्रकार सम्मेलनको आयोजना गरेका छन् ।
साग आयोजना तथा सञ्चालन कार्यविधिमा प्रतियोगिता सम्पन्न भएको तीन महिनाभित्र खर्च विवरण सार्वजनिक गर्नुपर्ने उल्लेख छ ।
गत वर्ष मंसिर १५ देखि २४ गते सम्म भएको सागमा नेपालले ऐतिहासिक ५१ स्वर्ण, ६० रजत र ९६ कास्यगरी कुल २ सय ७ पदक जितेको थियो ।
प्रतिक्रिया दिनुहोस्