१४ मंसिर, काठमाडौं। चीनका पहिलो नम्बरका स्टेट काउन्सिलर एवं रक्षामन्त्री जनरल वेई फेङ्हो औपचारिक भ्रमणमा लागि काठमाडौं आइपुगेका छन् । भारतका विदेशसचिव हर्षबर्धन शृंगला फर्केको दुई दिनपछि चिनियाँ रक्षामन्त्री वेई २० सदस्यीय प्रतिनिधिमण्डलसहित नेपाल आएका हुन् ।
चिनियाँ रक्षामन्त्री वेईलाई जंगी अड्डामा अपराह्न डेढ बजे सेनाको टुकडीले सम्मान गारत अर्पण गर्ने कार्यक्रम छ । त्यसपछि प्रधानसेनापति पूर्णचन्द्र थापाले जंगी अड्डामा उनीसँग औपचारिक वार्ता गर्नेछन् ।
उनले प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओली, राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ
भेटमा दुईपक्षीय सम्बन्ध सुधारका विषयमा कुराकानी हुने बुझिएको छ ।
प्रतिक्रिया दिनुहोस्